
काठमाडौं, २८ जेठ । नुवाकोटको तादी गाउँपालिका ४ सातबिसे बजार स्थित मन्दिरमा बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा स्थानीय २१ वर्षीय सुमन तामाङ रहेका छन् । उनको दुप्चेश्वर नेपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अर्का स्थानीय १८ वर्षीय सरोज मिजार घाइते भएको र उपचार भइरहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।











प्रतिक्रिया