
काठमाडौं, २८ जेठ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पशुपतिनाथ दर्शनमाथि प्रश्न उठाएका छन् ।
शनिबार प्रधानमन्त्री प्रचण्ड आफ्नो मन्त्रिमण्डलका मन्त्रीहरुसहित पशुपतिनाथ मन्दिर पुगेर पूजा गरेपछि भट्टराईले टिप्पणी गरेका छन् । उनले प्रचण्डको पशुपति दर्शनलाई राजनीतिक उदेश्य भएको टिप्पणी गरेका हुन् ।
‘एक्लै कोही कुनै धार्मिक स्थल जाँदा प्रश्न उठाउन मिल्दैन त्यो उसको निजी आस्थाको कुरा हो । तर जब पूरै मन्त्रीमण्डल एकैसाथ जान्छ तब त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ! ’ भट्टराईले भनेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै भट्टराईले भनेका छन्ः
नयाँ‘सांस्कृतिक क्रान्ति’ र ‘सांस्कृतिक नक्सा’??एक्लै कोही कुनै धार्मिक स्थल जाँदा प्रश्न उठउन मिल्दैन;त्यो उसको निजी आस्थाको कुरा हो। तर जब पूरै मन्त्रीमण्डल एकैसाथ जान्छ तब त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ !











प्रतिक्रिया