
काठमाडौं, २७ जेठ । सिन्धुलीको सुनकोशी नदीमा जीपसहित खसेर बेपत्ता भएका सीटीईभीटीका योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेलको शव फेला परेको छ ।
८ दिनअघि जीपसहित खसेर बेपत्ता भएका तीनजनामध्ये भुर्तेलको शव बल्ल आज शनिबार फेला परेको हो । दुईजनाको शव यसअघि नै फेला परिसकेको छ ।
सीटीईभीटीका प्रशासन शाखा निर्देशक कृष्ण केसी र विद्युत प्रशिक्षक भानु पौडेलको शव यसअघि नै सशस्त्र प्रहरीको गोताखोर टोलीले घटनास्थलबाट एक सय ५० मिटर तल जिपसँगै फेला पारेको थियो । तर भुर्तेलको शव फेला पर्न सकेको थिएन ।
उनको शव उदयपुरको ताप्ले गाउँपालिका–५ निवुवाटारमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
शव परिवारको जिम्मा लगाइएको छ ।















प्रतिक्रिया