२९ कार्तिक २०८३, आइतबार

पौडी खेल्ने क्रममा डुबेर जाजरकोटमा दुई बालकको मृत्यु

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, २७ जेठ । जाजरकोटको भेरी नगरपालिका-१३ मा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।

खानेपानी तथा सिंचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा उनीहरुको डुबेर मृत्यु भएको हो ।

मृत्यु‌ हुनेमा भेरी-१३ का नरबहादुर बस्नेतका ८ वर्षीय छोरा पाण्डप बस्नेत र टीकाराम बस्नेतका ९ वर्षीय छोरा प्रमोद बस्नेत रहेका छन् ।

उनीहरु शुक्रबार विद्यालयमा पढेर घर आई खाजा खाएर पौडी खेल्न गएका थिए ।‌ सोही क्रममा डुबेर‌ उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।