३ कार्तिक २०८३, मंगलबार

नबिल बैंक र ल्याण्डमार्क होटेलबीच सम्झौता

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ जेठ । नबिल बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी ल्याण्डमार्क होटेल एन्ड रिसोर्टसँग सम्झौता गरेको छ ।

उक्त सम्झौताअन्र्तगत नबिल बैंकका ग्राहकहरुले ल्याण्डमार्क होटेल एन्ड रिसोर्टद्वारा सञ्चालित काठमाडौं, चितवन तथा पोखराका होटेलहरुमा खाना तथा पेय पदार्थमा १० प्रतिशत र होटेल तथा रिसोर्टको आवास सुविधामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहक वर्गले नबिल बैंकको चेक, डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्य डिजिटल माध्यमद्वारा भुक्तानी गर्दा उक्त सुविधा प्राप्त गर्न सक्नेछन् । हालसम्म नबिल बैंकले २५५ शाखामार्फत बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।