२९ कार्तिक २०८३, आइतबार

कालापानी छोडिन्नः गोकुल बास्कोटा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले सुगौली सन्धीले कायम गरेको नेपाली भूमी रक्षा गर्नुपर्ने बताएका छन् ।

शुक्रबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले सुगौली सन्धीले कायम गरेको नेपाली भूमी रक्षा गर्नुपर्ने बताएका हुन् ।

अंग्रेजले भारत छाड्दै गर्दा नेपालमा उदाउॅंदो कांग्रेस, अस्ताउॅंदो राणाशाही र शक्ति पुनस्थानामा तल्लीन राजाका कारण अंग्रेजसँग १८१६ को सुगौली सन्धीले गुमाएको जमिन पुनप्राप्ती गर्ने मौका नेपालले गुमाएको सांसद बास्कोटाले उल्लेख गरेका छन् ।

उनले सुगौली सन्धी पछि गुमाएको नालापानी नचाहिने जनाउँदै कालापानी छोड्न नसकिने बताएका छन् ।

नेपाली भूमी कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतले आफ्नो दाबी गर्दै आइरहेको छ । भारतले हालै नयाँ संसद भवनमा नेपाली भूमीसहितको नक्सा सार्वजनिक गरेपछि नेपाल र भारतबीच सीमा विवादको चर्चा भइरहेको छ ।

भारतले लुम्बिनी र कपिलवस्तु लगाएतका क्षेत्र आफ्नो रहेको जनाउँदै ‘अखण्ड भारत’को नक्सा सार्वजनिक गर्दा समेत सरकारले त्यसविषयमा भारतलाई स्पष्टिकरण सोध्न नसकेको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ ।