
काठमाडौं, २६ जेठ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा भ्रष्टाचार नगर्ने मासिन पाउन मुस्किल भएको बताएका छन् । भक्तपुरमा भएको पार्टीको दुई दिने केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले नेपाल बदल्न देशमा भ्रष्टाचारको अन्त्य गर्ने संकल्पसहित नेता अगाडि बढ्नुपर्ने बताए ।
उनले देशमा भ्रष्टाचार नगर्ने मासिन पाउन मुस्किल भएको वर्तमान अवस्थामा भ्रष्टाचारको अन्त्य गर्ने संकल्प नेतादेखि कर्मचारीसम्ममा हुनुपर्ने बताए ‘देशमा चरम भ्रष्टाचारको विकृति चुलिएको छ, अहिले त भ्रष्टाचार नगर्ने मान्छे खोज्नुपर्ने बेला आएको छ, भ्रष्टाचारको यति ठूलो सङ्क्रामक रोगबाट हामी गुज्रिरहेका छौँ’, अध्यक्ष भट्टराईले भने, ‘अब भ्रष्टाचारको अन्त्य गर्दै सुशासन दिने र हाम्रै कार्यकालमा देशका लागि समृद्धिको लक्ष्य प्राप्त गर्नुपर्छ ।’
नेपाल बदल्ने संकल्पसहित नेपाल समाजवादी पार्टी गठन भएको भन्दै उनले आफ्नो पार्टीले निकट भविष्यमा अन्य पार्टीभन्दा फरक पहिचान स्थापित गर्ने दाबी गरे ।











प्रतिक्रिया