२८ आश्विन २०८३, बुधबार

सम्मेलनमा ८० देखि ९० लाख सम्म खर्च अनुमान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

maoistकाठमाडौं, १५ वैशाख । एमाओवादीले १८ गतेदेखि सुरु हुने राष्ट्रिय सम्मेलन ९० लाख रुपियाँ खर्चमै सक्ने भएको छ । खाना, बसाइ, यातायातलगायत व्यवस्थापनका लागि उसले ८० देखि ९० लाखको खर्च अनुमान गरेको हो । सम्मेलन ५ दिनसम्म चल्न सक्नेछ ।
१ हजार १ सय प्रतिनिधि र पर्यवेक्षकसहित करिब १ हजार ५ सय सहभागी हुने आर्थिक व्यवस्थापन समितिको अनुमान छ । समिति संयोजक लीलामणि पोखरेलका अनुसार खानपानमा १५ देखि २० लाख, उद्घाटन समारोहको तयारी, व्यवास्थापन तथा यातायातका लागि ३० देखि ३५ लाख खर्च हुनेछ । शीर्ष नेताको यातायातलगायत अन्य खर्चको लागि १२ देखि १५ लाख रुपियाँ छुट्याएको उनले बताए । सुरक्षा र सम्मेलनको पूर्वतयारीका लागि करिब १० लाख खर्च अनुमान छ ।
पोखरेलका अनुसार खाना र बासका लागि स्थानीयबाट दाल, चामल, नुन, तेल संकलन गरिने छ । ‘बासका लागि पनि कार्यकर्ता, शुभेच्छुक र स्थानीयलाई आग्रह गरिएको छ । यसो हुँदा खाना र बासमा हुने खर्च मध्येको करिब २० लाख बचत हुने अनुमान गरेका छौं,’ उनले भने ।

करिब २ लाख २५ हजार पार्टी सदस्य रहेको एमाओवादीले नवीकरण, पार्टी सदस्यबाट अनिवार्य १५ रुपियाँसहित स्वेच्छिक लेवीका लागि निर्देशन दिएको छ । जिल्ला र राज्य समितिलाई हैसियतअनुसार १ देखि २ लाख चन्दा संकलन गर्न भनिएको छ । कारोवार दैनिकबाट