४ कार्तिक २०८३, बुधबार

चुरे नछुनुहोला, चुरे छुनुभयो भने देशमा आगो बल्छ: रघुजी पन्त

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । नेकपा (एमाले) का सांसद रघुजी पन्तले सरकारको बजेटमा चुरेको ढुंगा गिट्टी निकाल्ने योजना राखिएकोमा आपत्ति जनाएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बजेटमाथि आफ्नो धारण राख्दै पन्तले चुरे छोए देशमा आगो बल्ने चेतावनी दिएका छन् ।

‘नीति तथा कार्यक्रममा पनि आएको छ, प्रधानमन्त्रीले भाषण गर्दै हिँड्नु भएको छ र तपाईको बजेटमा पनि आएको छ । चुरे नछुनुहोला, चुरे छुनुभयो भने देशमा आगो बल्छ, पन्तले भने ।

प्राकृतिक स्रोत साधन निर्यात गरेर देशको खर्च धान्न नसकिने उनको धारणा छ ।