४ कार्तिक २०८३, बुधबार

कोशी प्रदेशकी उपसभामुख दनुवार र एमाले संसदीय दलका उपनेता रानामाथि दुर्व्यवहार

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । कोशी प्रदेशकी उपसभामुख र नेकपा एमाले कोशी प्रदेश संसदीय दलका उपनेतामाथि दुर्व्यवहार भएको छ ।

कोशी प्रदेश नामाकरणको विरोधमा आन्दोलनरत पक्षले उपसभामुख सिर्जना दनुवार र उपनेता राम रानामाथि दुर्व्यवहार गरेका हुन् ।

रानामाथि बिहीबार इलामबाट झापा फर्कने क्रममा इलाम नगरपालिका– ११ सोयाकमा बिहान साढे ११ बजे दुर्व्यवहार भएको हो । राना सवार गाडीलाई रोकेर मोबिल पोखेर दुर्व्यवहारको प्रयास भएको हो ।

यस्तै, उपसभामुख दनुवारलाई उदयपुरको गाईघाटमा दुर्व्यवहार भएको हो । उनी सवार गाडी रोकेर पहिचान पक्षधरले दुर्व्यवहारको प्रयास गरेको हो ।