४ कार्तिक २०८३, बुधबार

गगन थापाको माग: नेपालले पनि आफ्नो साँस्कृतिक र भौगोलिक नक्सा जारी गर्नुपर्छ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । नेपाली काँग्रेसका सांसद गगन थापाले नेपालले पनि आफ्नो साँस्कृतिक र भौगोलिक नक्सा जारी गर्नुपर्ने बताएका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले भारतले अखण्ड भारतको नक्सा नयाँ संसद भवनमा राखेको प्रसंग निकाल्दै नेपालले पनि साँस्कृतिक र भौगोलिक नक्सा राख्नुपर्ने बताएका हुन् ।

‘भारतले आफ्नो साँस्कृतिक नक्सा जारी गर्छ भने नेपालले पनि आफ्नो साँस्कृतिक र भौगोलिक नक्सा जारी गर्नुपर्छ । यसमा भारतले कुनै चासो दिँदैन होला,’ उनले भने ।