४ कार्तिक २०८३, बुधबार

रोकेर राखेको जीप ब्याक भएर दुर्घटना, श्रीमान-श्रीमतीको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । कालिकोटमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

रास्कोट नगरपालिकामा २ सेरा बजारमा रोकेर राखिएको जिप ब्याक भएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

सडकमा रोकेर राखिएको ग ३ च ४६१० नम्बरको जीप एक्कासि ब्याक भई सडकबाट ३ सय मिटर तल खसेर दुर्घटना हुँदा रास्कोट नगरपालिका-१ का ४३ वर्षीय मोनबहादुर शाही र उनकी श्रीमती ३६ वर्षीया मनकुमारी शाहीको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै, २२ वर्षीया रिता शाही गम्भीर घाइते भएकी छिन् । जीप रोकेर चालक बाहिर निस्किएका थिए ।

चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।