
काठमाडौं, २५ जेठ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ ।
बैठक इन्द्रसान पार्टी प्यालेसमा बिहान ११ः३० बजेबाट बस्ने नेसपाले जनाएको छ ।
भोलिसम्म जारी रहने बैठकमा अध्यक्ष भट्टराईले राजनीतिक प्रतिवेदन पेश गर्ने छन् ।
बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम बारे निर्णय लिने बताइएको छ ।











प्रतिक्रिया