२९ कार्तिक २०८३, आइतबार

उडिरहेको जहाजमा चुरोट सेवन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं,२५ जेठ । जहाजमा चुरोट तानेको आरोपमा प्रहरीले एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

बुधबार राति ७ बजे दक्षिण कोरियाबाट काठमाडौं आएको जहाजमा चुरोट तानेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

कोरियन एयरलाइन्स ६९५ नम्बरको फ्लाइटमा आएका झापाका २८ वर्षीय सुवास पुरीलाई प्रहरीले पक्राउ गरेको हो ।

विमानस्थल ओर्लिनेवित्तिकै उनलाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान गर्न प्रहरी वृत्त गौशाला पठाइएको  विमानस्थलले जनाएको छ ।