
मकवानपुर, २५ जेठ । मकवानपरको हेटौंडा उपमहानगरमा रुखबाट खसेर एकजना युवकको मृत्यु भएको छ ।
बुधबार दिउँसो हेटौंडा-१९ बुद्धचोकका २५ वर्षीय कुमार स्याङ्तान घर नजिकैको जलेश्वर सामुदायिक वनमा सालको रुख काट्ने क्रममा खोल्सामा खसेर मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
घटनास्थललाई सुरक्षित राखिएको र शवलाई पोस्टमार्टमकाको लागि हेटौंडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया