
काठमाडौं, २५ जेठ । आईसीसी विश्वकप छनोटको अन्तिम तयारीका लागि दक्षिण अफ्रिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बिहीबार पहिलो अभ्यास खेल खेल्ने भएको छ ।
नेपाली टोलीले आज पहिलो अभ्यास खेल स्कटल्यान्डसँग खेल्ने भएको हो । उक्त खेल नेपाली समय अनुसार दिउँसो १२ः४५ बजेबाट सुरु हुनेछ ।
यसैगरी, नेपाली टोलीले शनिबार नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्नेछ ।
नेपाली टोली अघिल्लो साता दक्षिण अफ्रिका पुगेको थियो ।
नेपाली टोली दक्षिण अफ्रिकाबाटै जिम्बावे जानेछ । नेपालले जिम्बावेमा हुने विश्वकप छनोट प्रतियोगिता खेल्नेछ ।















प्रतिक्रिया