४ कार्तिक २०८३, बुधबार

आफ्नै शिशुको हत्या गरी फरार अन्सारी पक्राउ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ जेठ । आफ्नै १४ दिने शिशुको हत्या गरी फरार एक व्यक्तिलाई प्रहरीले १० दिनपछि पक्राउ गरेको छ। बारामा घटना घटाएर फरार भएका उनलाई काठमाडौंको चन्द्रागिरिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार १४ जेठको अपराह्न ५ बजेतिर बाराको देवताल गाउँपालिका– ४ तिप्राडी टोल बस्ने नुरआलम अन्सारीले आफ्नो नवजात शिशु (१४ दिनको छोरालाई) कर्तव्य गरी मारेर फरार रहेका थिए।

उनी फरार भएपछि काठमाडौंमा लुकेको आशंकामा खोजतलास गरी पक्राउ गर्न भन्दै जिल्ला प्रहरी कार्यालय बाराबाट पत्राचार भएअनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खोजतलासमा प्रहरी टोली खटिएको थियो।

टोलीले उनलाई गए राति चन्द्रागिरि नगरपालिका– १५ ढुंगेअड्डा पिपलबोटबाट पक्राउ गरेको हो।