४ कार्तिक २०८३, बुधबार

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ जेठ । निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ ।

सरकारले जिल्ला निर्वाचन अधिकृतको कार्यालय हटाउने निर्णय गरेपछि छलफलका लागि आयोगले बैठक आह्वान गरेको हो ।

आयोगका पदाधिकारीहरूको बुधवार बसेको बैठकले सरकारले जिल्ला निर्वाचन कार्यालय हटाई जिल्ला प्रशासन कार्यालय मातहतको इकाईमा रूपान्तर गर्ने प्रस्ताव विरुद्ध छलफलका लागि यही जेठ २६ गते बिहान साढे ११ बजेका लागि बैठक बोलाएको हो ।

सर्वदलीय बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट वक्तव्यमा जिल्ला निर्वाचन कार्यालयहरू खारेजीबारे, नयाँ निर्वाचन व्यवस्थापन विधेयक प्रस्तुत गर्ने विषय, नगरपालिका र गाउँपालिकाबाट आवश्यक संयन्त्र खडा गरी मतदाता नामावली सङ्कलन गर्ने लगायत विषयमा छलफल हुने आयोगले जानकारी दिएको छ ।