
काठमाडौं, २४ जेठ । अमेरिकाको न्युयोर्क सहर संसारकै सबैभन्दा प्रदुषित सहर बनेको छ ।
आइक्यूएयरका अनुसार बुधबार अमेरिकाको न्युयोर्क सहर संसारकै सबैभन्दा प्रदुषित वायु भएको सहर भएको छ। मंगलबारदेखि नै न्युयोर्कको वायु खतराको तहमा पुगेको छ।
क्यानडामा लागेको डढेलोका कारण अमेरिकामा वायु प्रदुषण बढेको बताइएको छ ।
द न्युयोर्क टाइम्सका अनुसार मिनिसोटादेखि म्यासाच्युसेट्ससम्म अमेरिकी राज्यहरूले वायु प्रदुषण खतरापूर्ण रहेको सजगता अपनाउन नागरिकहरूलाई सूचना जारी गरेका छन्। उत्तरी अमेरिकाका विभिन्न सहरमा केहीदिन देखि तुँवालो लागेको छ।















प्रतिक्रिया