
काठमाडौं, २४ जेठ । दुबई पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा झापाको दमक नगरपालिका-१० घर भएकी काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-८ बस्ने ४५ वर्षीया मुना देवी कार्की रहेकी छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
पक्राउ परेकी कार्कीले उमेश श्रेष्ठलाई वर्किङ भिषामा वैदेशिक रोजगारीका लागि दुबई पठाइ दिने भन्दै ४ लाख ५० हजार रुपैयाँ ठगी गरेको कार्यालयले जनाएको छ ।
कार्की ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई बबरमहलबाट पक्राउ गरेको हो ।
पक्राउ परेकी कार्कीलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया