४ कार्तिक २०८३, बुधबार

सानोबाइपासमा बसको ठक्करबाट पसलमा सामान किनिरहेका युवकको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर-६ सानोबाइपासमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

फेदीबाट रत्नपार्कतर्फ आउँदै गरेको बसले पसलमा सामान किनिरहेका १७ वर्षीय युवकलाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

तीव्र गतिमा रहेको बस अनियन्त्रित भएर अर्को लेनमा गएर समान किनिरहेका युवकलाई ठक्कर दिएको हो । मृतक युवकको सनाखत हुन सकेको छैन ।

युवकको मृत्युपछि अहिले सानो बाइपासको स्थिति तनावग्रस्त बनेको छ ।