४ कार्तिक २०८३, बुधबार

सरकारी वकिल र जाहेरवालाकोतर्फको बहस सकियो, पोलिएकाहरूमाथि पनि अनुसन्धान गर्न माग

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिल र जाहेरवाला पक्षको बहस सकिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी बहसमा तीन जना सरकारी वकिल र ६ जना जाहेरवाल पक्षका वकिलले बहस गरेका हुन् ।

आजको बहसमा पक्राउ परेकाहरूले नाम पोलेकाहरूमाथिसमेत अनुसन्धान हुनुपर्ने माग उठेको छ । जाहेरवालाको तर्फबाट सहभागी अधिवक्ता हरि कट्टेल अधिवक्ता हरिप्रसाद खरेलले बयानमा पोलिएकाहरूलाई प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने माग गरेका हुन् ।

नाम पोलिएकाहरूलाई पक्राउ गर्न अदालतले आदेश दिनुपर्ने उनीहरूको माग छ ।