१ कार्तिक २०८३, शनिबार

चर्च ब्वाइज बन्यो शहीद स्मारक ‘ए’ डिभिजन लिगको च्याम्पियन

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । चर्च ब्याइज युनाइटेड शहीद स्मारक ‘ए’ डिभिजन लिगको च्याम्पियन बनेको छ।

मंगलबार दशरथ रंगशालामा थ्रीस्टारसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइज एक खेल अगावै च्याम्पियन भएको हो ।

चर्च ब्वाइजले आजको बराबरीसँगै ४५ अंक जोडेको छ । दुई खेल खेल्न बाँकी हुँदा मछिन्द्रको ३९ अंक छ । ‘ए’ डिभिजन लिगमा बढुवा भएको चर्च ब्वाइजले पहिलो सिजनमै ‘ए’ डिभिजन लिगको उपाधि जितेको हो ।

चर्च ब्वाइजले ‘बी’ लिगबाट बढुवा भएकै सिजन ‘ए’ डिभिजन लिग जित्दै मनाङ मर्स्याङ्दी क्लबको नाममा रहेको कीर्तिमानसँग बराबरी गरेको छ ।