
काठमाडौं, २३ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बजेटमा गाँजा खेतीलाई प्राथमिकता दिइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि आफ्नो धारणा राख्दै बजेटले कृषि क्षेत्रलाई प्राथमिकता नदिएको तर गाँजा खेतीलाई दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
बजेटमा धान फलाउने, गहुँ फलाउने, खाद्यन्नमा आत्मनिर्भरता बनाउने कुरा नरहेको ओलीले टिप्पणी गरे ।
‘अचम्म लाग्छ, धान फलाउने आलु फलाउने, कृषि बढाउने, गहुँ फलाउने कुरा छैन । खाद्यान्न आत्मनिर्भरता बनाउने कुरा छैन । कसले गर्न खोजिरहेको छ यो गाँजा खेती ? कसका लागि गाँजा खेती ?,’ ओलीले प्रश्न गरे ।















प्रतिक्रिया