४ कार्तिक २०८३, बुधबार

कोशी प्रदेश सरकारबाट माओवादीका मन्त्रीहरूले दिए राजीनामा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिएको छ ।

मंगलबार बिहान बसेको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । यसैबीच, माओवादीका दुई जना मन्त्रीले राजीनामा र दिएका छन्।

भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईं र पर्यटन, वन तथा वातवरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन्।

उनीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका हुन्। माओवादी केन्द्र सरबारबाट बाहिरिएसँग मुख्यमन्त्री कार्कीको सरकार अल्पमतमा परेको छ ।