मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

करका दर हेरफेर प्रकरणले लफडा, साढे एक बजेलाई सर्‍यो प्रतिनिधिसभा बैठक

दैनिक नेपाल २०८० जेठ २३ गते १३:११

काठमाडौं, २३ जेठ । अनधिकृत व्यक्ति संलग्न गराएर करका दर हेरफेर गरेको प्रकरण बाहिरिएसँगै सत्तापक्ष र प्रतिपक्षी दलबीच बिवाद उत्पन्न भएसँगै प्रतिनिधि सभा बैठक बस्न ढिलाई भएको छ ।

बिहान साढे ११ बजेका लागि तय भएको बैठक साढे एक बजेका लागि सारिएको छ । बजेट निर्माणका क्रममा करका दर हेरफेर भएको र अनधिकृत व्यक्तिको संलग्नता प्रकरण बाहिरिएको भन्दै प्रतिपक्षी दलहरूले सरकारको जवाफ माग गरेका छन् ।

सरकारले संसदमा जवान दिन तयार नभएसम्म बैठक बस्न नसक्ने प्रतिपक्षी दलहरूको अडान छ । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत प्रतिपक्षी दलहरूले सरकारले यस विषयमा संसदमा जानकारी दिनुपर्ने र कारबाही हुनुपर्ने माग राखेका छन् ।

आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्न पूर्वनायबसुब्बा रामकृष्ण श्रेष्ठलाई संलग्न गराएको घटना बाहिरिएको थियो ।

श्रेष्ठ आफैँले पनि करका दर हेरफेरमा संलग्न रहेको स्वीकार गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित