
काठमाडौं, २३ जेठ । कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिने भएको छ ।
आज बिहान बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । बैठकले मन्त्रीहरूलाई आजै राजीनामा बुझाउन पनि निर्देशन दिएको छ ।
प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाईं भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन् । माओवादी सरकारबाट बाहिरिएसँगै एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
अब मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई राप्रपाको मात्रै समर्थन रहेको छ ।















प्रतिक्रिया