
काठमाडौं, २३ जेठ । बिहान ११ बजेका लागि तोकिएको प्रतिनिधिसभा बैठक अहिलेसम्म पनि सुरू हुन सकेको छैन ।
बजेट निर्माणका क्रममा अनधिकृत मान्छे घुसाएर करका दर हेरफेर गरिएको बाहिरिएपछि विपक्षी दलहरूले कारबाहीको माग गर्दै बैठक सुरू हुन नदिएका हुन् ।
नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत प्रतिपक्षी दलहरूले सरकारले यस विषयमा संसदमा जानकारी दिनुपर्ने र कारबाही हुनुपर्ने माग राखेपछि बैठक सुरू हुन नसकेको हो ।
आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्न पूर्वनायबसुब्बा रामकृष्ण श्रेष्ठलाई संलग्न गराएको घटना बाहिरिएको थियो ।
श्रेष्ठ आफैँले पनि करका दर हेरफेरमा संलग्न रहेको स्वीकार गरेका छन् ।















प्रतिक्रिया