४ कार्तिक २०८३, बुधबार

मनोमानी गर्ने विद्यालयविरूद्व बालेन एक्सनमा, ३४२ स्कुललाई दिए चेतावनी

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पछिल्लो समय महानगरभित्रको विद्यालयहरूमासमेत ध्यान केन्द्रीत गरेका छन् ।

हरेक क्षेत्रमा कडा रूपमा प्रस्तुत भइरहेका बालेनले विद्यालयको अनुगमनसमेत गर्दै विद्यालयको शिक्षा र क्रियाकलापलाई चुस्तदुरूस्त बनाउन निर्देशन दिएका छन् ।

यसैबीच, बालेनले छात्रवृति नदिने ३४२ स्कुललाई कारबाहीको चेतावनी दिएका छन् । छात्रवृत्ति नदिने ३४२ विद्यालयको नाम सार्वजनिक गर्दै बालेनले अनुमति खारेजको चेतावनी दिएका हुन् । काठमाडौं महानगरपालिकाले गत वैशाख २४ गते परिपत्र जारी गर्दै जेठ १५ गतेभित्र शैक्षिक संस्थाहरूलाई छात्रवृत्ति विवरण पठाउन भनेको थियो।

जेठ १० गते सार्वजनिक सूचना जारी गरी जेठ १५ भित्र छात्रवृत्ति विवरण पेस गर्न महानगरले भनेको थियो। तर अझै ३४२ शैक्षिक संस्थाले विवरण पेस नगरेको भन्दै जेठ २८ भित्र विवरण नबुझाए अनुमति वा स्वीकृति रद्द गर्ने चेतावनी महानगरले दिएको छ।

विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ ले विद्यालयले कुल विद्यार्थीको १० प्रतिशतलाई नि:शुल्क छात्रवृत्ति उपलब्ध गराउनुपर्नेमा व्यवस्था गरेको छ।