४ कार्तिक २०८३, बुधबार

धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज किन बीच बाटोबाटै काठमाडौं फर्कियो ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं नै फर्किएको छ ।

जहाजमा समस्या देखिएपछि जहाजलाई पुन काठमाडौं नै फर्काइएको जानकारी दिइएको छ ।

जहाजको ‘प्रेसराइज फेल’ भएपछि जहाजलाई काठमाडौं नै अवतरण गरिएको त्रिभुवन विमानस्थलले जानकारी दिएको हो । प्रेसराइज भन्नाले जहाज भित्र र बाहिरको अक्सिजन लेभल मेन्टेन गर्ने सिस्टम हो ।

जहाज सुरक्षित रूपमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको जानकारी दिइएको छ ।