४ कार्तिक २०८३, बुधबार

कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिँदै, राजीनामा दिने मन्त्रीहरूको तयारी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिने भएको छ ।

माओवादी आज सरकारबाट बाहिरिने भएको हो । माओवादी सरकारबाट बाहिरिएसँगै नेकपा एमालेकातर्फबाट मुख्यमन्त्री रहेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढल्ने भएको हो ।

आज प्रदेश पार्टी पदाधिकारीको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा माओवादी छ ।

बैठक लगतै मन्त्रीहरूले राजीनामा दिने तयारी भएको जानकारी दिइएको छ ।