४ कार्तिक २०८३, बुधबार

नेपालको भूमि अरु विदेशीलाई दिने हक हाम्रो प्रधानमन्त्रीलाई दिएको छैन: योगेश भट्टराई

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । नेकपा (एमाले) का सांसद योगेश भट्टराईले नेपालको भूमि अरू देशलाई दने हक प्रधानमन्त्रीलाई नभएको बताएका छन् ।

सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा कालापानी, लिम्पियाधुरा र लिपुलेकसँग अन्य जमिन साट्ने सकिने अभिव्यक्ति दिएको भन्दै नेपालको भूमि अरु कुनै विदेशीहरुलाई दिने हक प्रधानमन्त्रीलाई नदिएको बताएका हुन् ।

‘कालापानी, लिपुलेक, लिम्पियाधुरा, कुनै पनि शर्तमा नेपालको संविधानले हाम्रो प्रधानमन्त्रीलाई नेपालको भूमि अरु कुनै विदेशीहरुलाई दिने हक हाम्रो प्रधानमन्त्रीलाई दिएको छैन । उहाँले के आधारमा बंगलादेशको बाटोको कुरा गर्नुभयो ? १९९७ मा आइके गुजराल आएको बेलामै
त्यो बाटो हामीले पाएका छौँ । प्रदीप ज्ञवाली र जयशंकरको बिचमा भएको स्टेटमेन्टले सीमा समस्या हल गर्ने ज्वाइन्ट कमिशनबाट हल गर्ने भनेको छ । यो कुनै नयाँ कुरा होइन । हामी कुनै जग्गा सट्टाभर्ना गर्ने शर्तमा हाम्रो राष्ट्रियता बन्धक राख्न सक्दैनौँ । बेच्न सक्दैनौँ । नेपाल सबै छिमेकी देशहरुसँग मैत्रीपूर्ण सम्बन्ध राख्छ । तर लम्पसारवाद यदी आउँछ भने जुनसुकै लम्पसारवादका बिरुद्ध पनि नेकपा एमाले उभिन्छ । यो प्रतिनिधि सभा उभिनुपर्छ,’ उनले भने ।