४ कार्तिक २०८३, बुधबार

रवि लामिछानेको चेतावनी- सत्तापक्षले दादागिरी देखाउन नखोजोस्

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्तापक्षले संसदमा दादागिरी देखाउन खोजेको भन्दै दादागिरी नदेखाउन चेतावनी दिएका छन् ।

सोमबारको प्रतिनिधि सभा बैठकमा रास्वपा सांसद शिशिर खनालले ‘प्रधानमन्त्री भैँसी चढेर आएको’ भन्ने शब्द बोलेपछि सत्तापक्षले उठेर विरोध गरेपछि लामिछानेले दादागिरी नदेखाउन चेतावनी दिएका हुन् ।

‘प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर सोही शब्द भन्दा केही नहुने, दृष्टान्तस्वरूप हाम्रो सांसदले भनेको शब्द हटाउने भए हटाऔं ठीक छ । त्यसो भए प्रधानमन्त्रीले भनेको शब्द पनि हटाऔं । हामीलाई केही आपत्ति छैन । सत्तापक्ष पेलेर जान खोज्छ भने थाहा होस् सत्तापक्षको सदन होइन । प्रतिपक्षको सदन हो । प्रतिपक्षको उपस्थितिलाई सत्तापक्षले दादागिरी देखाउन नखोजोस्,’ लामिछानेले भने ।