
काठमाडौं, २२ जेठ । सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट फर्कदा ‘भैँसीमा चढेर आएको’ भन्ने शब्द संसदको रेकर्डबाट हटाउन रूलिङ गरेका छन् ।
प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री भारतबाट भैँसी चढेर आएको भन्ने शब्द प्रयोग गरेपछि संसदमा हंगामा भएको थियो । शब्द प्रयोग भएपछि सत्तापक्षले उठेर विरोध जनाउँदै नियमापत्ति जनाएका थिए ।
सत्तापक्षले विरोध गरेपछि विपक्षी दलले पनि बोल्ने अधिकार कुण्ठित गर्न नपाइने भन्दै विरोध गरेका थिए । हंगामा भएपछि सभामुख देवराज घिमिरले जो जसले बोलेको भएपछि संसदको रेकर्डबाट उक्त शब्द हटाउन रूलिङ गरेका हुन् ।
सभामुखको रूलिङपछि संसद नियमित रूपमा सञ्चालन भएको थियो ।















प्रतिक्रिया