
काठमाडौं, २२ जेठ । प्रतिनिधिसभा सोमबारको बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलकाबीच लफडा भएको छ ।
बोल्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतबाट भैँसी चढेर आएको भन्ने शब्द भनेपछि सत्तापक्षका सांसदले विरोध गरेका थिए ।
सत्तापक्षका सांसदले उठेर विरोध जनाउँदै शब्द हटाउन माग गरेका थिए । त्यसलगतै प्रतिपक्षी दलका सांसदहरूले पनि उठेर बोल्ने अधिकार कुण्ठिड गर्न नपाउने भन्दै विरोध गरेका थिए ।
विरोधपछि सभामुखले भैँसी चढेर आएको भन्ने शब्द रेकर्डबाट हटाउन आदेश दिएका थिए । सभामुखको आदेशपछि सत्तापक्षका सांसद बसेका थिए भने प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका थिए ।















प्रतिक्रिया