
काठमाडौं, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतबाट मुर्रा भैँसी ल्याउने कुरा आजको नभइ सात वर्षअघिको भएको बताएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै प्रचण्डले सात वर्ष अघिको समझदारीअनुसार मात्रै अहिले आएको बताएका हुन् ।
‘राँगाको कुरा आज भएको होइन । सात वर्ष अगाडि नै मुर्रा राँगा ल्याउनेबारे समझदारी भएको रहेछ । आएको मात्रै अहिले हो । मान्छेले मलाई चाँही राँगा चढाएर हिँडाएका छन्,’ उनले भने ।















प्रतिक्रिया