४ कार्तिक २०८३, बुधबार

भूमि साट्फेरबारे प्रधानमन्त्रीको जवाफ- मैले कहीँ पनि विकल्प यो हुन्छ भनेर प्रस्ताव गरेको छैन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले भारत भ्रमणका क्रममा लिपुलेक, कालापानी र लिम्पियाधुरासँग जमिन साट्न सकिने भन्ने अभिव्यक्ति नदिएको बताएका छन् ।

सोमबारको प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रचण्डले कालापानी लिपुलेक र लिम्यिाधुरा नेपालको भूमि हो भन्ने कुरामा स्पष्ट रहेको बताएका हुन् । नेपालको भूमि स्थापित गर्ने कुरा ठूलो कुरा भएको उनले बताएका छन् ।

‘मैले कहीँ पनि विकल्प यो हुन्छ भनेर प्रस्ताव गरेको छैन प्रस्ट होस् । हामीले भनेका छौँ, कालापानी लिपुलेक र लिम्यिाधुरा नेपालको भूमि हो । नेपालको भूमि स्थापित गर्ने कुरा ठूलो हो भन्नेमा म प्रस्ट छु । तर्कलाई सीधा देखिएको कुरालाई खुमाउने कोशिस नगरौँ भन्ने मेरो अनुरोध छ,’ प्रचण्डले भने ।

विज्ञहरूको कुरा मात्रै आफूले राखेको उनले बताएका छन् ।