
काठमाडौं, २२ जेठ । नेकपा (एमाले) का सांसद योगेश भट्टराईले माओवादी केन्द्रले संसदमा दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकको सुरूमै बोल्दै भट्टराईले तत्कालीन नेकपा (एमाले) को सरकारले अंगिकृत नागरिकतामा कुलिङ पिरियत सात वर्ष राख्ने कुरा गर्दा राष्ट्रघात हुने र १५ वर्ष राख्नुपर्ने भन्दै माओवादी केन्द्रका सांसदहरूले विरोध गरेको स्मरण गर्दै आज लुसुक्क दोहोरो चरित्र देखाउँदै नागरिकता विधेयकमा समर्थन गरेको बताएका हुन् ।
‘नेकपा एमालेले बैवाहिक अंगिकृत नागरिकता सात वर्षको कुलिङ पिरियड राख्ने कुरा गरेको थियो । माओवादीका मान्यहरूलाई सम्झाउन चाहान्छु तपाईहरूको प्रस्ताव त १५ वर्ष थियो नि ? हामीले सात वर्ष राख्दा यो त राष्ट्रघात हुन्छ भन्नुभयो । आज लुसुक्क यो विधेयकमा समर्थन जनाउने दोहोरो चरित्र नेपाली जनताले बुझ्नुपर्छ’, उनले भने ।















प्रतिक्रिया