४ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री प्रचण्डले आज संसदमा भारत भ्रमणबारे उठेका प्रश्नको जवाफ दिने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज भारत भ्रमणमा उठेका प्रश्नको जवाफ दिने भएका छन् ।

गत २० गते चारदिने भारत भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले विपक्षी दलले उठाएका प्रश्नको जवाफ दिने भएका हुन् ।

भ्रमणका क्रममा सीमाका विषयमा प्रधानमन्त्रीले विवादास्पद अभिव्यक्ति दिएको साथै भ्रमणमा जानु केही घण्टाअघि मात्रै राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै विपक्षी दलले आइतबारको प्रतिनिधि सभा बैठक अवरूद्व गरेका थिए ।

प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीले सदनमा जवाफ नदिएसम्म सदन चल्न नदिने अडान राखेपछि प्रधानमन्त्रीले आज जवाफ दिने भएका हुन् ।