२९ कार्तिक २०८३, आइतबार

धादिङमा बिहे भोज खाँदा ५४ जना बिरामी

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । विवाहमा भोज खाएपछि धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० पानीधराका ५४ जना बिरामी परेका छन् ।

गत जेठ १९ गते शुक्रबार पानीधरास्थित एक विवाहमा भोज खाएकाहरू बिरामी परेका हुन् ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीका अनुसार विवाहको भोज खाएकाहरु सोही दिन बिरामी परेका हुन् ।

उनीहरुमा पखाला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, वान्ता हुने लगायतका समस्या देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार प्राथमिक स्वास्थ्य केन्द्र जोगिमाराबाट सामान्य उपचार पश्चात ४६ डिस्चार्ज भएका छन् ।

यसैगरी, ७ जनाको टिचिङ अस्पताल मलेखुमा उपचार भइरहेको छ भने एकजनालाई थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको छ ।

बेनीघाट रोराङ-१० का ५३ वर्षीया सोममाया चेपाङलाई थप उपचारको लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।

यसैगरी, सोही ठाउँकी ३५ वर्षीया डिलमाया चेपाङ, २८ वर्षीया शर्मिला चेपाङ, २३ वर्षीया अप्सरा चेपाङ, ५८ वर्षीय कुल बहादुर चेपाङ, १३ वर्षीया सन्सिला चेपाङ, ४६ वर्षीया मंगली चेपाङ, २५ वर्षीय बिनु चेपाङको मलेखुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।