२९ कार्तिक २०८३, आइतबार

नक्कली भुटानी शरणार्थी प्रकरणः थुनछेक बहस जारी रहने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज पनि थुनछेक बहस जारी रहने भएको छ । काठमाडौं जिल्ला अदालतमा हिजो आइतबारदेखि सुरु भएको थुनछेक बहस आज पनि जारी रहने भएको हो ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजालासमा सुरु भएको बहसको पहिलो दिन सरकारी वकिलका कार्यालयका दुई जना वकिलले मात्रै बहस गरेका थिए ।

शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तमाथि थुनछेक बहस सुरु भएको हो ।

प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृण खाँणका पक्षबाट तीनजना पूर्वमहान्यायाधिवक्ता, नेपाल बारका अध्यक्ष र नेपाल बारका दुईजना पूर्व अध्यक्षले बहस गर्ने छन् ।

खाँणको तर्फबाट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, महादेव यादव र हरिहर दाहालले बहस गर्ने छन् ।

यसैगरी, बारका वर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्ष शेरबहादुर केसी र प्रेमबहादुर खड्का, अधिवक्ता योगेन्द्र अधिकारी र पुरुषोत्तम अर्यालसहित १८ जना कानुन व्यवसायीहरुले खाँणको तर्फबाट बहस गर्ने छन् ।

थुनछेक बहस जेठ ३१ गतेसम्म जारी रहने बताइएको छ । त्यसपछि उनीहरूलाई धरौटीमा छाड्ने की थुनामै राख्ने भन्ने निर्णय अदालतले लिनेछ ।