
काठमाडौं, २१ जेठ । दार्चुलामा नेपालगञ्जका एक युवकको कुटपिटबाट मृत्यु भएको छ ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१९ का ३० वर्षीय देव परियारको खलंगास्थित बसपार्क नजिक निर्घात कुटपिट गरेर हत्या भएको हो ।
शनिबार राति कुटपिटबाट अचेत अवस्थामा भेटिएका उनको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कुटपिट गर्नेको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
परियार मजदुरीका लागि दार्चुला पुगेका थिए । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया