१ कार्तिक २०८३, शनिबार

एएफसी यू–२० महिला एसियन कप छनोट खेल्ने नेपाली महिला टोलीको विदाई

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ जेठ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरण खेल्ने नेपाली महिला टोलीलाई विदाई गरेको छ ।

आइतबार एन्फा कम्प्लेक्स सातदोवाटोमा एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङ लगायतले नेपाली महिला टोलीलाई विदाई गरेका हुन् ।

म्यानमारमा आयोजना हुने छनोटका लागि मुख्य प्रशिक्षक याम गुरुङले २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् ।

छनोटको दोस्रो चरणमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा चीन, म्यानमार र चाइनीज ताइपेइ रहेका छन् । दोस्रो चरणको छनोट जुन ३ देखि ११ सम्म हुनेछ ।

जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ । उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुने तय भएको छ ।