
काठमाडौं, २१ जेठ । प्रतिनिधिसभाको बैठक पनि स्थगित भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद अवरोध गरेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको हो ।
बैठक सुरू हुनासाथ एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलका सांसदले उठेर विरोध जनाएका थिए। सभामुख देवराज घिमिरेले तीन वटा दलबाट एक/एक जनालाई बोल्न दिएका थिए।
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण गरेको नागरिकता विधेयक र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण क्रममा भएका कुराकानीका विषय आपत्ति जनाउँदै उनीहरूले संसद अवरोध गरेका हुन्।
तीन दलले बैठक अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक एक घण्टाका लागि स्थगित गरेका थिए । बैठक सुचारूका लागि सहमति जुट्न नसकेपछि बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।
















प्रतिक्रिया