४ कार्तिक २०८३, बुधबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस सुरू

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तहरूको थुनछेक बहस सुरू भएको छ ।

यो प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृण खाँणका पक्षबाट तीनजना पूर्वमहान्यायाधिवक्ता, नेपाल बारका अध्यक्ष र नेपाल बारका दुईजना पूर्व अध्यक्षले बहस गर्ने भएका छन् ।

खाँणको तर्फबाट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, महादेव यादव र हरिहर दाहालले बहस गर्दैछन् । त्यस्तै, नेपाल बार एसोसिएसनका वर्तमान र पूर्वअध्यक्षहरूले पनि खाँणको पक्षमा बहस गर्दैछन् ।

बारका वर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्ष शेरबहादुर केसी र प्रेमबहादुर खड्का, अधिवक्ता योगेन्द्र अधिकारी र पुरुषोत्तम अर्यालसहित १८ जना कानुन व्यवसायीहरुले खाणको तर्फबाट बहस गर्ने भएका हुन् ।