३ कार्तिक २०८३, मंगलबार

एकै दिन १७०० रुपैयाँले घट्यो सुन, कति छ आज मूल्य ?

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ जेठ । आज आइतबार एकैदिन १ हजार ७ सय रुपैयाँले सुनको मूल्य घटेको छ ।

पछिल्लो दिनहरुमा निरन्तर बढेको छापावाल सुन आज प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेर १ लाख ११ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि शुक्रबार सुन प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटेको छ । चाँदी २० रुपैयाँले घटेर प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।