१ कार्तिक २०८३, शनिबार

मेसी र रामोसले छोडे पिएसजी

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ जेठ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का फरवार्ड लियोनल मेसी र डिफेन्डर सर्जियो रामोसले क्लब छाडेका छन् ।

शनिबार पिएसजीका लागि क्लेरमन्टफर्टविरुद्धको अन्तिम खेल खेल्दै मेसी र रामोसले क्लब छोडेका हुन् ।

क्लेरमन्टफर्टविरुद्धको खेलमा पिएसजी पराजित भएको छ । दुई गोलको अग्रता जोगाउन नसक्दा पिएसजी घरेलु मैदानमा क्लेरमन्टफर्टसँग ३–२ गोल अन्तरले पराजित भएको हो ।

क्लेरमन्टफर्टको जितमा जोहान गास्टिन, मेदी जिफेन र ग्रिजोन केयईले गोल गरेका थिए । पिएसजीका सर्जियो रामोस र केलियन एमबाप्पेले गोल गरे ।

लिग वानको उपाधि भने पिएसजीले जितिसकेको छ ।

पिएसजीका मेसी र रामोसले यो सिजनको अन्त्यसँगै पिएसजी छाड्ने निर्णय गरिसकेका छन् । मेसी साउदी क्लबसँग आवद्ध हुने चर्चा छ भने रामोस स्पेनिस क्लबमा फर्कने चर्चा छ ।