४ कार्तिक २०८३, बुधबार

बालकृष्ण खाँणले बयानमा लुकाए जेठी श्रीमती र दुई छोरी !

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवम् नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले बयानमा जेठी श्रीमती र दुई छोरी लुकाएका छन् ।

काठमाडौं जिल्ला अदालतमा बयान दिने क्रममा उनले झुठो बयान दिँदै जेठी श्रीमती लुकाएका हुन् ।

बयानका क्रममा २६ वटा प्रश्न गरिएकोमध्ये २१ नम्बर प्रश्नमा, तपाईंको परिवारमा कति सदस्य हुनुहुन्छ ? आर्थिक अवस्था सम्बन्धमा खुलाइदिनुहोस् भनेर न्यायाधीसले प्रश्न गरेका थिए ।

जवाफमा उनले आफ्नो परिवारमा आफू, श्रीमती, छोरा, छोरी र आमा रहेको बयान दिएका हुन् । उनले काठमाडौंमा आफूसँगै बस्ने कान्छी श्रीमती मञ्जु खाँण र मञ्जुकोतर्फबाट रहेका एक छोरा र एक छोरीलाई मात्रै बयानमा सामेल गराएका हुन् ।

उनकी जेठी श्रीमती दिलमाया खाण ठकुरी रुपन्देहीको तिलोत्तमा-८ स्थित पुरानो घरमा बस्छिन् । उनी एक आधारभूत विद्यालयको स्थायी शिक्षिका हुन् । दिलमायाको तर्फबाट दुई छोरी रहेका छन् । जसलाई उनले लुकाएका हुन् ।

बालकृष्णले २०४३ सालमा दिलमायासँग मागी विवाह गरेका हुन् भने ०५२ सालमा मन्जुसँग प्रेम विवाह गरेका हुन् ।