१ कार्तिक २०८३, शनिबार

सातदोबाटोद्वारा त्रिभुवन आर्मी पराजित

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।

शनिबार च्यासल मैदानमा भएको खेलमा सातदोबाटोले आर्मीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको दोस्रो मिनेटमा शिव सुवेदीले गोल गर्दै सातदोबाटोलाई सुरूवाती अग्रता दिलाएका थिए ।

तर, खेलको २९औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि खेलको ६३ औं मिनेटमा दिपेन्कले पेनाल्टी मार्फत गोल गर्दै सातदोबाटोलाई २–१ को जित दिलाए । जितसँगै सातदोबाटोले २४ खेलमा ३२ अंक जोडेको छ । समान खेल खेलेको आर्मीको ३० अंक रहेको छ ।

त्यस्तै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्री स्टार र एपीएफ क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । थ्री स्टारका लागि सुनिल तामाङ र एपीएफका मणिकुमार लामाले एक/एक गोल गरे ।

खेलको २३औं मिनेटमा मणिले गोल गर्दै एपीएफलाई सुरूवाती अग्रता दिलाएका थिए । तर, खेलको ८६औं मिनेटमा सुनिलले गोल गर्दै थ्री स्टारलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

बराबरीसँगै थ्री स्टारले २४ खेलमा २८ अंक जोडेको छ । एपीएफले पनि २४ खेलमा ३० अंक जोडेको छ ।