४ कार्तिक २०८३, बुधबार

गुडिरहेको गाडीबाट खस्दा महिलाको मृत्यु

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । गुडिरहेको गाडीबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु भएको छ ।

भक्तपुर नगरपालिका–१ सल्लाघारी हनुमन्ते पुलस्थित राधेराधेबाट निकोसेरातर्फ जाँदै गरेको बा २१च ५३०१ नंको गाडीको पछाडि सवार एक महिलाको खसेर मृत्यु भएको हो ।

करिब ४३ वर्षीया मृतक महिलाको पहिचान हुन नसकेको र पहिचानको प्रयास भइरहेको बताइएको छ । गाडीबाट खसेर घाइते भएकी महिलाको सल्लाद्वारीस्थित डा. इवामुरा मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

गाडी चालक काभ्रे भुम्लु गाउँपालिका–३ घर भई हाल ललितपुर इमाडोल बस्ने ३० वर्षीय सूर्यबहादुर पहरीलाई पक्राउ गरी प्रहरी वृत्त जगातीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।